समाचार

राप्रपा नेपालको रथयात्रा जारी

२०७० कार्तिक ५ गते २:२१

काठमाण्डु, ५ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनावी प्रचार प्रसारको क्रममा गोरखाबाट शुरु गरेको राष्ट्रिय मेचीकाली एकता रथयात्रा मंगलबार बुटवल पुग्दै छ । स्याङ्जा, पाल्पा हुँदै रथयात्रा साँझ बुटवल पुगेर विश्राम लिने राप्रपा नेपालले जनाएको छ । राष्ट्रिय एकता र अखण्डताकालागि भन्दै राप्रपा नेपालले...

एक दर्जन कार्यालय प्रमुखविहीन

२०७० कार्तिक ५ गते २:०५

ओखलढुंगा, ५ कात्तिक–दशैं मान्न गएका ओखलढुंगाका कतिपय कार्यालय प्रमुखहरु कार्यालय नफर्कंदा सेवाग्राही मर्कामा परेका छन् । कार्यालय खुलेको पाँच दिन बितिसक्दा पनि दर्जनभन्दा बढी सरकारी कार्यालयका प्रमुख र कर्मचारी अझै कार्यालयमा हाजिर भएका छैनन् । जिल्ला शिक्षा कार्यालय, जिल्ला प्राविधिक, मालपोत, नापी, जिल्ला वन,...

सवारी दुर्घटनामा २ जनाको मृत्यु, ११ घाइते

२०७० कार्तिक ५ गते १:२८

काठमाण्डु, ५ कात्तिक– बिभिन्न स्थानमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । नुवाकोटको घोडेढुङ्गास्थित कच्ची सडकमा ट्रक दुर्घटना हुदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भिर घाईते भएका छन् । मृत्यु...

भारत र चीनसँग जोडिएका पाँच प्रान्तको प्रस्ताव

२०७० कार्तिक ४ गते १५:४३

काठमाण्डु, ४ कात्तिक–नेपाः राष्ट्रिय पार्टीले पाँच वर्षे आवधिक प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र«पति हुने अवधारणासहित पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा केन्द्रीय सरकारको स्थायित्वको लागि राष्ट्रपतिकै नेतृत्वमा सरकार गठन हुने र सरकारमा केन्द्रले हेर्ने रक्षा, परराष्ट्र, राष्ट्रियस्तरका उद्योग, उर्जा, सङ्घीय मामिला जस्ता केही मन्त्रालय...

उच्चस्तरीय समिति गठन हुँदैछ अनुगमनका लागि

२०७० कार्तिक ४ गते १४:२७

काठमाण्डु, ४ कात्तिक–निर्वाचन आयोगले उच्चस्तरीय निर्वाचन अनुगमन समिति गठनको तयारी गरेको छ । निर्वाचनको प्रभावकारी अनुगमनका लागि निर्वाचन आयुक्तको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति गठनको तयारी भइरहेको आयोगले जनाएको छ । जसअनुसार समितिमा रहने आयुक्तहरूले क्षेत्रगत रूपमा अनुगमनको जिम्मेवारी सम्हाल्नेछन । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र...

काँग्रेसको चुनावी सभामा वैद्य माओवादीको आक्रमण

२०७० कार्तिक ४ गते १३:३५

पाँचथर, ४ कात्तिक– चुनाव बहिस्कारको घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले उम्मेदवार तथा निर्वाचन प्रचार टोलीलाई लक्षित गर्दै आक्रमण थालेको छ । नेकपा–माओवादीका कार्यकर्ताले नेपाली काँग्रेसले सोमबार पाँचथरको रानीटारमा गरेको चुनावी सभामा अवरोध पुर्‍याएका छन् । काँग्रेस निर्वाचन क्षेत्र नम्बर–१ ले रानीटार उच्चमाविमा गरेको...

निर्वाचन सुरक्षा प्रवन्धबारे विदेशीको चासो

२०७० कार्तिक ४ गते १३:१३

काठमाण्डु, ४ कात्तिक– नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले नेपालमा ४ मंसिरमा हुन गइरहेको संविधानसभा निर्वाचनको सुरक्षा प्रवन्धबारे निर्वाचन आयोगका अधिकारीसाग जिज्ञाशा राखेका छन् । आयोगले  निर्वाचनको तयारी तथा पर्यवेक्षणबारे जानकारी गराउन राजधानीमा गरेको एक कार्यक्रममा उनीहरुले सुरक्षा प्रवन्धबारे आश्वस्त हुन चाहेका हुन्...

पहिलो संविधानसभा असफल नभएको राष्ट्रपतिको दाबी

२०७० कार्तिक ४ गते १२:३५

काठमाण्डु ४ कात्तिक–राष्ट्रपति डा रामवरण यादवले पहिलो संविधानसभा पूर्णरुपमा असफल नभएको बताएका छन । विगतबाट पाठ सिकेर नयाँ सोचका साथ अघि बढ्न जरुरी भएको बताउँदै उनले दोस्रो संविधानसभा निर्वाचनको सङ्घारमा मुलुक रहेको र त्यसलाई सफल पार्न गैरआवासीय नेपालीलगायत सबैले सहयोग गर्नुपर्नेमा राष्ट्रपति यादवले जोड...

एक वर्षमा संविधान जारी गर्ने प्रचण्डको प्रतिबद्धता

२०७० कार्तिक ४ गते १२:३०

कैलाली, ४ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभानिर्वाचन सम्पन्न भएको महिनामा मस्यौदा तयार गरी एक वर्षभित्र संविधान जारी गरिसक्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । कैलालीको अत्तरियामा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले भावी संविधानका विषयमा पहिला सहमतिको प्रयास गरिने र सहमति नभए...

सुरुङ खनेर भाग्ने खोज्ने कैदी पक्राउ

२०७० कार्तिक ४ गते १२:२८

रोल्पा, ४ कात्तिक– सुरुङ खनेर भाग्न खोज्ने ११ कैदीवन्दीहरुको भाग्ने योजना तुहिएको छ । सुरुङ खन्दाखन्दै गरेको अवस्था प्रहरीले पक्राउ गरेपछि उनीहरुको भाग्ने योजना  तुहिएको हो । रोल्पा कारागार शाखाको कोठा नम्बर २ मा रहेका  ११ कैदीबन्दी सुरुङ खनेर भाग्ने योजनामा थिए । बस्ने...

बारामा प्रहरी र म्यादी प्रहरीबीच भिडन्त

२०७० कार्तिक ४ गते ११:२६

बारा, ४ कात्तिक– बाराको कलैयामा नेपाल प्रहरी र संविधानसभा निर्वाचन सुरक्षार्थ अस्थायी भर्ती गरिएका म्यादी प्रहरीबीच झडप भएको छ । झडपमा दुवैतर्फका गरी आधा दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ । सेवा सुविधा कम भएकाले बढाउन माग...

सेना परिचालनले दीर्घकालीन द्वन्द्व बढाउने दाबी

२०७० कार्तिक ४ गते १०:५३

काठमाण्डु, ४ कात्तिक– राजधानीमा भएको एक कार्यक्रममा वक्ताहरुले निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्ने सरकारी कदमले मुलुकमा द्वन्द्व निम्त्याउने बताएका छन् । सैन्यविद् इन्द्रजित राईले संविधानसभा निर्वाचनमा गरिएको सेना परिचालनले दीर्घकालीन रुपमा द्वन्द्व निम्त्याउने बताए । विद्यमान ऐन कानुन तथा अन्तरिम संविधान–२०६२ को...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us