काँग्रेसको चुनावी सभामा वैद्य माओवादीको आक्रमण

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते १३:३५ मा प्रकाशित

पाँचथर, ४ कात्तिक– चुनाव बहिस्कारको घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले उम्मेदवार तथा निर्वाचन प्रचार टोलीलाई लक्षित गर्दै आक्रमण थालेको छ ।
mohan-baidyaनेकपा–माओवादीका कार्यकर्ताले नेपाली काँग्रेसले सोमबार पाँचथरको रानीटारमा गरेको चुनावी सभामा अवरोध पुर्‍याएका छन् ।

काँग्रेस निर्वाचन क्षेत्र नम्बर–१ ले रानीटार उच्चमाविमा गरेको कार्यक्रममा ढुंगामुढा गरेका हुन् । काँग्रेस उम्मेदवार नरेन्द्र केरुङको उपस्थितिमा कार्यक्रम सुरु भएलगत्तै वैद्य माओवादीका कार्यकर्ताले ढुंगामुढा गरेका थिए ।

आक्रमणपछि काँग्रसले चुनावी कार्यक्रम स्थगित गरेको छ । कार्यक्रम स्थलमा खटिएका प्रहरी र सशस्त्र प्रहरी आक्रमणकारीका अगाडि निरीह देखिएका थिए । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले फिदिमबाट थप सुरक्षाकर्मी टोली घटनास्थल पठाएर स्थिति नियन्त्रणमा लिइएको बताए ।

आक्रमणकारीलाई पक्राउ गरी कानुनी कारबाही गर्ने तयारी भइरहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us