राप्रपा नेपालको रथयात्रा जारी

काठमाण्डु टुडे २०७० कार्तिक ५ गते २:२१ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनावी प्रचार प्रसारको क्रममा गोरखाबाट शुरु गरेको राष्ट्रिय मेचीकाली एकता रथयात्रा मंगलबार बुटवल पुग्दै छ । स्याङ्जा, पाल्पा हुँदै रथयात्रा साँझ बुटवल पुगेर विश्राम लिने राप्रपा नेपालले जनाएको छ ।

राष्ट्रिय एकता र अखण्डताकालागि भन्दै राप्रपा नेपालले सोमबार गोर्खाबाट रथयात्रा शुरु गरेको थियो । यात्राको क्रममा १४ वटै अन्चलका मुख्य सहरहरुमा सभा गर्ने सो पार्टीले जनाएको छ । मेचीकाली रथयात्रा आगामी १४ गते काठमाण्डुको खुलामन्चमा आएर टुंगिनेछ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गोरखाको सभामा संविधानसभा निर्बाचन सकिएको ६ महिनाभित्र पृथ्वी नारायण शाहको शालिक पुनःस्थापना गर्ने जिकीर गरेका थिए । सात बर्षअघि गोर्खामा रहेको पृथ्वी नारायण शाहको शालिक तोडफोड गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us