सुरुङ खनेर भाग्ने खोज्ने कैदी पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते १२:२८ मा प्रकाशित

रोल्पा, ४ कात्तिक– सुरुङ खनेर भाग्न खोज्ने ११ कैदीवन्दीहरुको भाग्ने योजना तुहिएको छ ।
सुरुङ खन्दाखन्दै गरेको अवस्था प्रहरीले पक्राउ गरेपछि उनीहरुको भाग्ने योजना  तुहिएको हो । रोल्पा कारागार शाखाको कोठा नम्बर २ मा रहेका  ११ कैदीबन्दी सुरुङ खनेर भाग्ने योजनामा थिए ।

बस्ने कोठामै उनीहरुले करिब तीन हात लोम सुरुङ खनेका थिए । सुरुङ खनिरहेको अवस्था प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

नियमति  ड्युटीमा रहेका प्रहरी हवल्दार छविराम घिमिरेले कैदीवन्दीलाई सुरुङ खनिरहेको अवस्था देखेपछि प्रहरी कार्यालयमा जानकारी गराएका थिए । उनकै सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको थियो । भाग्न खोज्ने कैदीवन्दीको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us