सवारी दुर्घटनामा २ जनाको मृत्यु, ११ घाइते

काठमाण्डु टुडे २०७० कार्तिक ५ गते १:२८ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– बिभिन्न स्थानमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् ।

नुवाकोटको घोडेढुङ्गास्थित कच्ची सडकमा ट्रक दुर्घटना हुदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा नुवाकोट कल्याणपुरकी ५५ वर्षीया लालुमाया तामाङ रहेकी छन् ।

दुर्घटनामा परि ट्रक चालक सहित ट्रकमा सवार ६ जना यात्रु गम्भिर घाईते भएका छन् । घाईते सबैलाई उपचारको लागि जिल्ला अस्पताल नुवाकोट पठाईएको छ । गएराति ९ वजे बगुवाबाट रानिसरातर्फ जाँदै गरेको बा १ क ८४९४ नम्बरको ट्रक अनियन्त्रीत भई सडकबाट ६० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यसैगरी सिरहाको चन्द्रअयोध्यापुरमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक सिरहा राजपुर बस्ने ३२ वर्षीय अशोक यादव रहेका छन् । उनको उपचारको क्रममा सिरहा नर्सिङहोम मिर्चैयामा मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भिर घाईते भएका मोटरसाईकलमा पछाडि सवार सोही ठाउँका २३ बर्षीय पप्पु यादवको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।

बाट चोहरवातर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको ट्रकले विपरीत दिशाबाट आउदै गरेको स ४ प ५०१२ नम्बरको मोटरसाईकललाई सोमबार बेलुकी पौने ७ बजे ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न दुबै सवारी साधनलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाण्डुको गोलढुङ्गामा कार दुर्घटना हुदा ४ जना घाईते भएका छन् । घाईते हुनेमा सोह्रखुट्टे बस्ने ३४ बर्षीय विश्व झा, सिन्धुपाल्चोक घर भइ हाल बालाजु बस्ने २० बर्षीय मिलन भारती, संखुवासभा घर भई हाल नयाँबजार बस्ने २५ बर्षीय विनिता राई र १८ बर्षीय जेसिका राई रहेका छन् । घाईते सबैलाई उपचारको लागि जनमैत्री अस्पताल बालाजु पठाईएको छ ।

सोमबार बेलुकी पौने ७ बजे बा ३ च ४२७० नम्बरको कार तीव्र गतिका कारण अनियन्त्रीत भई सडकबाट तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us