एक वर्षमा संविधान जारी गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते १२:३० मा प्रकाशित

कैलाली, ४ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभानिर्वाचन सम्पन्न भएको महिनामा मस्यौदा तयार गरी एक वर्षभित्र संविधान जारी गरिसक्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।
prachanda_communist_fistकैलालीको अत्तरियामा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले भावी संविधानका विषयमा पहिला सहमतिको प्रयास गरिने र सहमति नभए प्रक्रियामार्फत टुंगो लगाइने बताए ।

संविधानसभाको दोस्रो निर्वाचनलाई शान्ति प्रक्रियाको अन्तिम लडाइंको  संज्ञा दिादै प्रचण्डले यो लडाइंमा आफूहरु सफल भए ६ महिनामै संविधान बन्ने र एक वर्षमा घोषणा हुने दाबी गरे ।

मुख्य दलहरुबीच विवादित विषयको टुंगो मतदान प्रक्रियाबाट लगाउने सहमति भइसकेको खुलासासमेत उनले गरे । उनले नेपालको स्थायित्व र विकासका लागि स्थायी सरकार र जनपक्षीय संविधान चाहिएकाले आफ्नो पार्टीलाई बहुमत र संघीयता पक्षधरलाई दुई तिहाई मत दिन अपिल गरे ।

देश सम्हाल्ने शक्ति जनताको हातमा आएको भन्दै प्रचण्डले त्यो शक्तिको सही सदुपयोग गरी आफ्नो अधिकार रक्षा गर्न सुझाए । प्रचण्डले संविधान निर्माणपछि आफूहरुको ध्यान आर्थिक मुद्धामा केन्द्रित हुने बताए ।

आगामी ४० वर्षभित्र नेपाललाई विश्वकै विकसित मुलुकको दााजोमा पुर्‍याउन सकिने आधारहरु रहेको दाबी उनले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us