समाचार

गौशालामा ‘हनी ट्रयाप’ शैलीमा लुटपाट, युवतीसहित चार जना पक्राउ

२०८१ माघ २८ गते १८:०८

काठमाण्डू, २८ माघ– काठमाण्डूको गौशलामा युवतीको प्रयोग गरी हनी ट्रयापमा पारेर एक युवकमाथि लुटपाट भएको छ । प्रहरीले उक्त घटनमा संग्लन रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ घर भएका १८ वर्षीय परबेश अन्सारी, सोही ठाउँका १८ वर्षीय...

वन मन्त्रालयको नाम फेर्न माओवादी सांसदको प्रस्ताव

२०८१ माघ २८ गते १७:५८

काठमाण्डू, २८ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वन तथा वातावरण मन्त्रालयको नाम फेर्न प्रस्ताव गरेका छन । आज सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई प्रश्न सोध्ने क्रममा सांसद सापकोटाले मन्त्रालयको नाम फेर्न प्रस्ताव गरेका हुन...

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैनः कांग्रेस महामन्त्री

२०८१ माघ २८ गते १७:४५

काठमाण्डू, २८ माघ– कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन अगाडि गठबन्धनको गर्ने व्यक्ति कांग्रेस नरहेको दाबी गरेका छन । आज सोमबार चितवनको खेरहनीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले ०८४ सम्म राम्रोकाम गरेर जनतामाझ जान सक्नुपर्ने पनि बताएका छन...

अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दुः कांग्रेस नेता कोइराला

२०८१ माघ २८ गते १७:२९

काठमाण्डू, २८ माघ– कांग्रेस नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु भएको दाबी गरेका छन । आज सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । उनले कांग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको भन्दै लोकतन्त्रमा...

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

२०८१ माघ २८ गते १७:२४

काठमाण्डू, २८ माघ– मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । आज (सोमबार) बसेको राष्ट्रिय सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आजको बैठकमा मिडिया काउन्सिल विधेयक पारित गरियोस् भन्ने...

गिरीबन्धुको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन

२०८१ माघ २८ गते १७:२१

काठमाण्डू, २८ माघ– गिरीबन्धु टी स्टेट्ससम्बन्धी जग्गाको फैसला कार्यान्वयन नगरेको भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धीसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको, फैसला कार्यान्वयनमा अवरोध गरेको भनी अवहेलनाको रिट...

संसद छिर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ

२०८१ माघ २८ गते १६:४९

काठमाण्डू, २८ माघ– दलित अभियन्ता खगेन्द्र सुनार संसद भवन प्रवेश गर्न खोज्दा पक्राउ परेका छन । अन्तरजातीय विवाहित जोडी सत्येन्द्र र नेहाको न्याय माग्दै सोमबार दिउँसो संसद भवन प्रवेश गर्न खोज्दा उनलाई पक्राउ गरीको प्रहरीले जानकारी दिएको छ । उनी घाँटीमा नेल लगाएर संसद...

चैतभित्र क्रियाशील सदस्यता नवीकरण नगर्नेले महाधिवेशनमा भाग लिन पाउँदैनः गगन थापा

२०८१ माघ २८ गते १६:४५

काठमाण्डू, २८ माघ– कांग्रेस महामन्त्री गगन थापाले यसवर्षको अन्तिम महिनाभित्र क्रियाशील सदस्यता नवीकरण नगर्नेले महाधिवशेनमा सहभागी हुन नपाउने बताएका छन । आज (सोमबार) चितवनको खैरहनी भएको एक कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन । उनले महाधिवशेनको वर्ष नवीकरण गर्न नपाउने विधानको व्यवस्था...

कमल थापा भारत प्रस्थान

२०८१ माघ २८ गते १६:३६

काठमाण्डू, २८ माघ– राप्रपा नेपालका अध्यक्ष कमल थापा विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुनको निमित्त भारतको राजधानी नयाँ दिल्ली तर्फ प्रस्थान गरेका गरेका छन । अध्यक्ष थापा आज भारत प्रस्थान गरेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । दिल्लिमा आयोजना गरिएको एक धार्मिक कार्यक्रममा सहभागी...

कांग्रेस सांसद बस्नेतको प्रश्न– जंगल नै जलाउने हाइड्रोपावरलाई के कानुन ?

२०८१ माघ २८ गते १६:१२

काठमाण्डू, २८ माघ– सत्ताको प्रमुख घटक दल कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित राङ्बुसा जंगलमा लागेको आगलागीमा हाइड्रोपावरलाई कारबाही गर्नेबारे संसद्को ध्यानाकर्षण गराएका छन । गत १८ गतेदेखि लागेको आगो तीन दिनपछि मात्रै नियन्त्रणमा आएको थियो । कांग्रस सांसद बस्नेतले देशभर आगलागीका...

०८४ को निर्वाचनसम्म कांग्रेस एमालेको सरकार चल्छ: गृहमन्त्री

२०८१ माघ २८ गते १५:३०

काठमाण्डू, २८ माघ– गृहमन्त्री रमेश लेखकले शंकर पोखरेल र वर्षमान पुनबीच भएको भनिएको संवादले सत्ता गठबन्धनमा कुनै समस्या नभएको प्रतिक्रिया दिएका छन । आज (सोमबार) धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले एमाले महासचिव पोखरेल र माओवादी उपमहासचिव पुनबीच फेरि...

शंकर पोखरेल र वर्षमान पुनको संवादले सत्ता गठबन्धनमा समस्या छैनः गृहमन्त्री लेखक

२०८१ माघ २८ गते १५:२७

काठमाण्डू, २८ माघ– गृहमन्त्री रमेश लेखकले शंकर पोखरेल र वर्षमान पुनबीच भएको भनिएको संवादले सत्ता गठबन्धनमा कुनै समस्या नभएको प्रतिक्रिया दिएका छन । आज (सोमबार) धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले एमाले महासचिव पोखरेल र माओवादी उपमहासचिव पुनबीच फेरि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us