काठमाण्डू, २८ माघ– दलित अभियन्ता खगेन्द्र सुनार संसद भवन प्रवेश गर्न खोज्दा पक्राउ परेका छन ।
अन्तरजातीय विवाहित जोडी सत्येन्द्र र नेहाको न्याय माग्दै सोमबार दिउँसो संसद भवन प्रवेश गर्न खोज्दा उनलाई पक्राउ गरीको प्रहरीले जानकारी दिएको छ ।
उनी घाँटीमा नेल लगाएर संसद भवन प्रवेश गर्न खोझ्दा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रमुख एसएसपी विश्व अधिकारीले दिएका छन । एसएसपी अधिकारी अनुसार खगेन्द्रलाई प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ ।
‘निषेधित क्षेत्र तोड्न खोजिएकाले उहाँलाई नियन्त्रणमा लिएका हौं,’ उनले भने । यसअघि पनि खगेन्द्रले ‘दलितलाई खै’ भन्दै खुट्टामा नेल लगाएर माइतीघर प्रदर्शन गर्दै आएका छन् । उनी संसद भवन भने दोस्रो पटक प्रवेश गर्न खोजेका हुन् ।