कमल थापा भारत प्रस्थान

काठमाण्डु टुडे २०८१ माघ २८ गते १६:३६ मा प्रकाशित

 

काठमाण्डू, २८ माघ– राप्रपा नेपालका अध्यक्ष कमल थापा विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुनको निमित्त भारतको राजधानी नयाँ दिल्ली तर्फ प्रस्थान गरेका गरेका छन ।

अध्यक्ष थापा आज भारत प्रस्थान गरेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । दिल्लिमा आयोजना गरिएको एक धार्मिक कार्यक्रममा सहभागी हुनाका साथै थापाले प्रयागराजमा चलिरहेको महाकुम्भमा स्नान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

भ्रमणका क्रममा केही राजनितीक भेटघाट पनि हुन सक्ने स्रोतले जानकारी दिएको छ । भ्रमणमा थापा पत्नी प्रलिता थापा, पार्टीका महामन्त्री राजाराम बर्तौला, थापाका दाइ नेपाली सेनाका रथी नेत्रबहादुर थापा र बहिनी रिता थापा छन् ।

थापा फाल्गुन १ गते स्वदेश फर्किने कार्यतालिका रहेको पार्टीका सहमहामन्त्री हिक्मतजङ्ग भण्डारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us