कांग्रेस सांसद बस्नेतको प्रश्न– जंगल नै जलाउने हाइड्रोपावरलाई के कानुन ?

काठमाण्डु टुडे २०८१ माघ २८ गते १६:१२ मा प्रकाशित

काठमाण्डू, २८ माघ– सत्ताको प्रमुख घटक दल कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित राङ्बुसा जंगलमा लागेको आगलागीमा हाइड्रोपावरलाई कारबाही गर्नेबारे संसद्को ध्यानाकर्षण गराएका छन ।

गत १८ गतेदेखि लागेको आगो तीन दिनपछि मात्रै नियन्त्रणमा आएको थियो । कांग्रस सांसद बस्नेतले देशभर आगलागीका घटनाबारे ध्यान दिनुपर्ने बताउँदै उनले भोटेकोशीमा लागेको आगलागीको कारण भने एक हाइड्रोपावरको करेन्ट सर्ट भएको पनि बताएका छन ।

उनले भने, ‘हिमरिभर हाइड्रोपावरमा करेन्ट सर्ट भएर त्यो आगलागी भएको अवस्था रहेछ । लामो समयसम्म आगलागी भएपछि हाइड्रोपावरलाई नै हेलिकप्टरबाट पानी खन्याएर नियन्त्रणमा ल्याइयो, ‘एउटा गरिबले आफ्नो बारिको डिलको रुख काट्दा वन मुद्दामा जेल जानुपर्छ ।

हाइड्रोपावरले आफ्नै कारणले आगलागी भएको स्वीकार्‍यो । त्यहाँ ठूलो नोक्सानी भइरहेको छ । ३५ हजार हेक्टर लगभग जमिनको रुख नोक्सान भएका छन् । भने अब नेपालको कानुनले के भन्ने हो ?’ गरिब जनतालाई लाग्ने मुद्दा हाइड्रोपावरलाई पनि लाग्नुपर्ने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us