समाचार

आज अख्तियार स्थापना दिवस

२०८१ माघ २८ गते ९:१५

काठमाण्डू, २८ माघ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३४औं स्थापना दिवस मनाउँदैछ । दिवसका अवसरमा टंगालस्थित आयोग कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल छन् । संविधानको धारा २३९ मा उल्लेख गरिएको अख्तियारको काम, कर्तव्य र अधिकारकमा कुनै सार्वजनिक...

तीव्र गतिको मोटरसाइकल पल्टिँदा युवकको मृत्यु

२०८१ माघ २८ गते ९:०६

लैदेख, २८ माघ– दैलेखमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भगवतीमाई गाउँपालिका–१ मौलेसालमा कर्णाली प्रदेश ०२–००२प२८७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा डुंगेश्वर गाउँपालिका–२ का ३८ वर्षीय तेजबहादुर थापाको मृत्यु भएको हो । दैलेख प्रहरीका सूचना अधिकारी लालबहादुर सुनारका अनुसार तीव्र गतिमा रहेको...

बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

२०८१ माघ २८ गते ९:००

कञ्चनपुर, २८ माघ– स्कुल बसको ठक्करबाट कञ्चनपुरमा दुई वर्षीय बालकको मृत्यु भएको छ । बेलडाँडीबाट कलकत्ता जाँदै गरेको सुपप्र०१–००१ख ३६१० नम्बरको ज्ञानसाधना बोडिङ स्कुलको बसको ठक्करबाट बेलडाँडी गाउँपालिका–३ खैरीघाटमा बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय मीनबहादुर कुँवरका छोरा सुशान्त रहेको प्रहरीले जनाएको...

१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

२०८१ माघ २८ गते ८:५५

कैलाली, २८ माघ– कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा १३ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छन् । कक्षा ४ मा अध्ययनरत ती बालिकामाथि शनिबार सामूहिक बलात्कार भएको कैलाली प्रहरी प्रवक्ता (डीएसपी) कबीन्द्रसिंह बोहराले जानकारी दिए । उनका अनुसार बलात्करमा संलग्न दुईजना पक्राउ परेका छन् । पक्राउ...

सुर्खेतबाट महाकुम्भका लागि हिँडेको बस बबईमा दुर्घटना

२०८१ माघ २७ गते १८:३०

काठमाण्डू, २७ माघ– सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भ मेलातर्फ तिर्थयात्री बोकेर गइरहेको बस दुर्घटना भइएको छ । भेरीगंगा नगरपालिकाको बबईमा भे १ ख ४३३१ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । आइतबार साँझ भएको उक्त दुर्घटनामा परेको बसमा ४० जना तीर्थयात्री सवार...

ठमेलमा प्रहरीमाथि आक्रमण घटनाः दुई जना पक्राउ, अखिल नेता फरार

२०८१ माघ २७ गते १८:२५

काठमाण्डू, २७ माघ– काठमाण्डूको ठमेलमा ड्युटी खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दिनेश सिग्देल र रमेश फुलारा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी परिसर...

धार्मिक सहिष्णुतामा खलल पुर्‍याएको आरोपमा एक जना पक्राउ

२०८१ माघ २७ गते १८:१३

काठमाण्डू, २७ माघ– प्रहरीले सामाजिक सञ्जालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको खाँदबारी नगरपालिका–४ का ५२ वर्षीय नरेन्द्रराज राई रहेका छन । उनलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल...

अहिलेको गठबन्धन प्राकृतिक हो भनेर दाबी गर्दैनौंः विश्वप्रकाश शर्मा

२०८१ माघ २७ गते १८:०१

काठमाण्डू, २७ माघ– कांग्रेस महामन्त्री महामन्त्री विश्वप्रकाश शर्माले एमाले र कांग्रेसबीच गठबन्धन भएको सरकारलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असंवैधानिक भनेकोप्रति आपत्ति व्यक्त गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा कांग्रेस महामन्त्री शर्माले आपत्ति व्यक्त गरेका हुन ।...

देशमा ठूलो आन्दोलनको आवश्यकता महसुस हुन थाल्योः प्रचण्ड

२०८१ माघ २७ गते १७:५२

काठमाण्डू, २७ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा ठूलो आन्दोलनको आवश्यकता महसुस हुन थालेको बताएका छन  । आज (आइतबार) संविधान निगरानी समूह र आइएसएसआरले काठमाण्डूमा आयोजना गरेको ‘संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको आवश्यकता’ विषयक कार्यक्रममा बोल्दै...

शिक्षामन्त्री भट्टराई अस्वस्थ

२०८१ माघ २७ गते १७:४४

काठमाण्डू, २७ माघ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई अस्वस्थ भएकी छन । आफू अस्वस्थ रहेको र आजका कार्यक्रम तथा बैठकहरूमा उपस्थित हुन नसक्ने उनले सामाजिक सञ्जालमार्फत जानकारी समेत उनले सामाजिक सञ्जाल मार्फत गराएकी छन । ‘हिजो देखि स्वास्थ्यमा समस्या देखिएको कारण मन्त्रालय, आजका...

प्रचण्डलाई एमालेको जवाफ– युद्ध नभएको भए यो मुलुकले खरबौँ रुपैयाँको नोक्सानी भोग्नुपर्ने थिएन

२०८१ माघ २७ गते १६:५१

काठमाण्डू, २७ माघ– पूर्व मन्त्री एवं एमाले सांसद पदम गिरीले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो विगततिर फर्किन आग्रह आग्रह गरेका छन । आज (आइबतार) बसेको प्रतिनिधि सभनको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद गिरीले...

एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट देवघाटसम्म ल्याउन सकिन्छः भौतिकमन्त्री दाहाल

२०८१ माघ २७ गते १६:३८

काठमाण्डू, २७ माघ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म ल्याउनसके नेपाललाई ठूलो आर्थिक लाभ हुने दाबी गरेका छन । आज (आइतबार) बसेको राष्ट्रिय सभाको बैठक पानी जहाज सञ्चलन तथा व्यवस्थापन विधेयक, २०८१...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us