काठमाण्डू, २७ माघ– सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भ मेलातर्फ तिर्थयात्री बोकेर गइरहेको बस दुर्घटना भइएको छ । भेरीगंगा नगरपालिकाको बबईमा भे १ ख ४३३१ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार साँझ भएको उक्त दुर्घटनामा परेको बसमा ४० जना तीर्थयात्री सवार रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।