लैदेख, २८ माघ– दैलेखमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
भगवतीमाई गाउँपालिका–१ मौलेसालमा कर्णाली प्रदेश ०२–००२प२८७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा डुंगेश्वर गाउँपालिका–२ का ३८ वर्षीय तेजबहादुर थापाको मृत्यु भएको हो ।
दैलेख प्रहरीका सूचना अधिकारी लालबहादुर सुनारका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको हो ।
मोटर साइकल चालक थापा सडकबाट १५ मिटर तल खसेर गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएकामा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।