काठमाण्डू, २७ माघ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म ल्याउनसके नेपाललाई ठूलो आर्थिक लाभ हुने दाबी गरेका छन ।
आज (आइतबार) बसेको राष्ट्रिय सभाको बैठक पानी जहाज सञ्चलन तथा व्यवस्थापन विधेयक, २०८१ बारे छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै भौतिकमन्त्री दाहालले यस्तो बताएका हुन । उनले कोलकताबाट एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म पु¥याउन प्राविधिकको रुपमा सम्भाव्य देखिएको बताए। उनले गर्नसके नेपाललाई ठूलो आर्थिक लाभ हुने र जल यातायातको क्षेत्रमा एउटा कोशेढुंगा सावित हुने पनि बताएका छन ।
उनले सोही प्रकृतिका पानी जहाजहरु कोशी र कर्णालीबाट समेत नेपाल भित्र्याउन सक्ने पनि बताएका छन । उनले यस सम्बन्धी नेपाल—भारतबीच सहमति समेत भएको बताएका छन । उनले नेपाल भित्र पनि आन्तरिक जलमार्गहरुमा पानी जहाज चलाउन सम्भाव्य नदीहरु रहेको पनि बताएका छन । उनले भने, ‘कोलकताबाट एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म पु¥याउन प्राविधिकको रुपमा सम्भाव्य देखिन्छ ।
सो गर्नसके नेपाललाई ठूलो आर्थिक लाभ हुने र जल यातायातको क्षेत्रमा एउटा कोशेढुंगा सावित हुनेछ । यही प्रकृतिका पानी जहाजहरु कोशी र कर्णालीबाट समेत नेपाल भित्र्याउन सक्ने देखिन्छ । यस सम्बन्धी नेपाल—भारतबीच सहमति समेत भएको छ । यसैगरी नेपाल भित्र पनि आन्तरिक जलमार्गहरुमा पानी जहाज चलाउन सम्भाव्य नदीहरु रहेका छन् ।
एक अनुमानअनुसार नेपालमा ६ सयदेखि ८ सय किलोमिटरसम्म जलमार्ग बिस्तार गरी पानी जहाज सञ्चालन गरी यात्रु र माल सामान ओसारपसार गर्न सकिन्छ, उदाहरणको रुपमा कोशी, चतरादेखि भोजपुरको गोप्चेसम्म स्थलमार्गमा जाँदा घण्टौँ लाग्नेमा जलमार्गमा जम्मा १५ देखि २० मिनेटसम्म पुगिन्छ । जुन अहिले पनि सञ्चालन भइरहेको छ।’