प्रचण्डलाई एमालेको जवाफ– युद्ध नभएको भए यो मुलुकले खरबौँ रुपैयाँको नोक्सानी भोग्नुपर्ने थिएन

काठमाण्डु टुडे २०८१ माघ २७ गते १६:५१ मा प्रकाशित

काठमाण्डू, २७ माघ– पूर्व मन्त्री एवं एमाले सांसद पदम गिरीले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो विगततिर फर्किन आग्रह आग्रह गरेका छन ।

आज (आइबतार) बसेको प्रतिनिधि सभनको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद गिरीले यस्तो आग्रह गरेका हुन । दाहालले ३५ वर्षमा गर्न नसकेको काम ६ दिनमा गर्नका लागि अध्यादेश ल्याएको भनेर अभिव्यक्ति दिएको उल्लेख गर्दै गिरीले भने, ‘विगततिर फर्किनुस्, युद्धको आगो नबलेको भए यो मुलुकले खरबौँ रुपैयाँको नोक्सानी भोग्नपर्ने थिएन ।

करोडौँको पूर्वाधारको घाटा भोग्नुपर्ने थिएन। त्यसका कारण यो मुलुक पचास वर्ष पछि धकेलिएको छ, गरिबीको दुष्कर्ममा फस्नुपर्ने भएको छ ।’ गिरीले यसपटक दाहाल प्रधानमन्त्री हुँदाभन्दा चार दिन अगावै संसद् अधिवेशन बोलाइएको पनि बताएका छन ।

उनले भने, ‘गतसाल माघको २२ गते मात्रै संसद् बैठक बसेको थियो । यसपटक १८ गते संसद् आह्वान गरियो। गतसालको भन्दा चाररपाँच दिन अगाडि नै बैठक बसेको छ। गतसाल संसद् छलेको भएन, भागेको भएन, संसद्लाई उपेक्षा गरेको भएन। तर, अहिलेचाहिँ सरकार भागेको भन्ने आयो। यस्तो अभिव्यक्ति उहाँबाट आउनु सुहाउने कुरा होइन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us