काठमाण्डू, २८ माघ– कांग्रेस महामन्त्री गगन थापाले यसवर्षको अन्तिम महिनाभित्र क्रियाशील सदस्यता नवीकरण नगर्नेले महाधिवशेनमा सहभागी हुन नपाउने बताएका छन ।
आज (सोमबार) चितवनको खैरहनी भएको एक कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन । उनले महाधिवशेनको वर्ष नवीकरण गर्न नपाउने विधानको व्यवस्था भएपनि सधैं महाधिवेशन नजिक हुँदै आएको पनि बताएका छन ।
उनले २०८४ को चुनाव नजिक नहुने गरी महाधिवेशन गर्ने तयारी गरिरहेको पनि बताएका छन । उनले भने, ‘पार्टीभित्र महाधिवेशन चाहने र नचाहने गरी पार्टीभित्र विभाजित गर्ने कार्य नगर्न उनले नेता कार्यकर्तालाई सुझाव दिए। ‘चैतबाट क्रियाशील सकौं । बैशाखबाट छोटो समयका लागि नयाँ क्रियाशील सदस्यता वितरण गर्छौं ।’ महाधिवेशनका लागि कोही पनि अल्मिलनु नपर्ने उनले बताए ।
०८४ पछि महाधिवेशन गर्न पाइन्छ कि भनेर कतिपयले भने पनि चुनाव पछि लान नमिल्ने उनले बताएका छन । ‘त्यो भन्ने नेताहरुले पनि मनमा पाप भएर भन्नुभएको होइन। चुनावको नजिक नजिक महाधिवेशन गर्दा धेरै भाँडभैलो होला भनेर कि धेरै अगाडि गरौ कि पछि गरौं भन्नुभएको हो ।
०८४ पछि महाधिवेशन गर्न संविधानले पनि दिँदैन।’ कतिपयले सानो पार्टी ल्याएर टाँसिदिए महाधिवेशन चुनाव पछि सार्न तर्क राखेको पनि सुनिएको उनले बताए । त्यस्तो अवस्था कुनै पार्टी विघटन गरेर अर्कोसँग मिले मात्रै सम्भव हुने पनि बताएका छन ।