गौशालामा ‘हनी ट्रयाप’ शैलीमा लुटपाट, युवतीसहित चार जना पक्राउ

काठमाण्डु टुडे २०८१ माघ २८ गते १८:०८ मा प्रकाशित

काठमाण्डू, २८ माघ– काठमाण्डूको गौशलामा युवतीको प्रयोग गरी हनी ट्रयापमा पारेर एक युवकमाथि लुटपाट भएको छ । प्रहरीले उक्त घटनमा संग्लन रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ घर भएका १८ वर्षीय परबेश अन्सारी, सोही ठाउँका १८ वर्षीय नजमुदिन अन्सारी, गोरखा नगरपालिका–१३ का १८ वर्षीय जनेद हुसेन र चितवनको पिप्ले घर भएकी १९ वर्षीया रश्मी क्षेत्री रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यो समूहले २४ माघको राति साढे १० बजेतिर इटहरी घर भएका एक युवकलाई लुटपाट गरेको आरोप रहेको प्रहरीले जानकारी दिएको छ ।

युवती प्रयोग गरी गेस्टहाउस जाने भन्दै भन्दै एकान्त स्थानमा लगेर केटाहरु बोलाई लुटपाट गरेको प्रहरीले जनाएको छ ।

ती युवकको मोबाइल, पर्स, घडी यो समूहले लुटेर लगेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिएका छन । पक्राउ परेकाहरलाई कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us