वीरगन्ज, २४ पुस – बहुविवाहको आरोपमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु इन्द्रचोक निवासी राहुल रौनियारलाई सुराकीका आधारमा वीरगन्ज उपमानगरपालिका– ६ रेशमकोठीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरगन्ज उपमहानगरपालिका– ५ की लक्ष्मीदेवी रौनियारले पति राहुल रौैनियारले बहुविवाह...
वीरगन्ज, २४ पुस – चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले केही दिनयता पर्साको ठोरी र निर्मलवस्ती गाविसमा आतंक मच्चाउँदै आएको छ । निकुञ्जबाट आएको हात्तीले ती गाविसमा लगाइएको बालीनाली नष्ट पार्नुका साथै सर्वसाधारणको घर भत्काउन थालेपछि स्थानीवासी चिन्तित भएका छन् । हात्तीको डरले उनीहरु राति...
काठमाण्डु, २४ पुस – नेपाल पत्रकार महासंघले नागरिक दैनिकका प्रधानसम्पादक प्रतीक प्रधानमाथि मंगलबार साँझ अज्ञात समूहले आक्रमण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बानेश्वरको भीमसेनगोलामार्गमा प्रधान चढेको बा ५ च ३९५९ नम्बरको कारमा तीन÷चारवटा मोटरसाइकलमा आएका व्यक्तिले तरबार, रड र लाठीले आक्रमण...
कावासोती, २४ पुस – आश्रम भन्ने बित्तिकै धेरैलाई लाग्न सक्छ योग, ध्यान, सन्यास, एकान्तबास र जीवनबाट विरक्त भएकाहरुको बस्ने ठाउँ । तर नवलपरासीको कोल्हुवामा रहेको अरबिन्द आश्रम भने हेर्दा र सुन्दा फरक छ । भारतको पण्डिचेरीमा रहेको अरबिन्द आश्रमका साधक स्वामी रामचन्द्र दास बीस...
जाजरकोट, २४ पुस – जाजरकोटमा सरकारी सेवा पाउन ल्याप्चेले काम नचल्ने भएको छ । अहिले त्यस ठाउँमा हस्ताक्षर अनिवार्य गर्न जिल्लाका निरक्षर समुदायलाई हस्ताक्षर गर्न सिकाइँदैछ । निरक्षरता उन्मूलन अभियानको एक वर्ष मात्र बाँकी रहँदा जिल्लामा अझै २० हजार निरक्षर रहेको देखिएकाले तीन महिने...
गौशाला, २४ पुस – जिल्लामा अवैध रुपमा सञ्चालित झोले विद्यालयका विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली महोत्तरी पुगेको छ । टोलीमा प्रहरी अधिकारी, मन्त्रालयका सहसचिव र शाखा अधिकृत स्तरका कर्मचारी सहभागी रहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीका प्रमुख जिल्ला...
दमक, २४ पुस–झापाको लखनपुरमा बुधबार विहान यात्रु बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ । पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख ६८४४ नम्बरको बस गेउरिया खोला पुल नजिकै दुर्घटना भएको हो । गम्भीर...
काठमाण्डु, २४ पुस– बुधबारदेखि शुक्रअस्त भएको छ । नेपाल पन्चाङ्ग निर्णायक समितिका अनुसार विहान १० बजेर २९ मिनेटमा शुक्रअस्त भएको हो । शुक्रअस्त भएकोबेला कुनै पनि देवकार्य गर्दा फल प्राप्त नहुने धार्मिक विश्वास छ । शुक्रअस्तको बेला विवाह, व्रतबन्ध, सप्ताह आदि जुराएर वा हेराएर...
काठमाण्डु, २४ पुस– संविधानसभा विघटनको माग राख्दै आएको नेकपा–माओवादीले जनजीबिकाको सवाललाई मुख्य मुद्दा बनाएर आन्दोलन गर्ने भएको छ । जनताको दैनिक जीबनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा केन्द्रित रहेर संघर्षमा जाने माओवादीको तयारी छ । यसअघिको केन्द्रीय समिति बैठकले संविधानसभा निर्वाचनपछि देश २०४७ कै स्थितिमा...
काठमाण्डु, २४ पुस– संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले बोलाउनुपर्ने माग गर्दै दायर रिटमाथि सर्बोच्च अदालतमा बुधबार बहस हुदै छ । राष्ट्रपतिले संविधानसभाको बैठक बोलाउनुपर्ने भन्दै दायर रिटमाथि अन्तरिम आदेश दिने की नदिने भन्नेबारे बुधबार छलफल हुने सर्बोच्चका प्रवक्ता श्रीकान्त पौडेलले जानकारी दिए । छलफलको लागि...
स्याङ्जा, २४ पुस–शिक्षितहरुको जिल्ला भनेर चिनिने स्याङ्जामा निरक्षरहरुको सङ्ख्या अझै २० हजारभन्दा बढी रहेको छ । जिल्ला शिक्षा अधिकारी सङ्गीता रेग्मीका अनुसार जिल्लामा हालसम्म कुल निरक्षरको सङ्ख्या २० हजार १७१ रहेको छ । जिल्लालाई पूर्ण साक्षर बनाउनका लागि शिक्षा मन्त्रालय, अनौपचारिक शिक्षा केन्द्र, जिल्ला...
काठमाण्डु, २४ पुस–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी सरकारमा सहभागी हुनेतिर भन्दा प्रतिपक्षमा बसेर संविधान निर्माणका लागि सकारात्मक भूमिका खेल्ने चाहना व्यक्त गरेका छन् । आफूले काँग्रेस र एमाले मिलेर सरकार बनाउन् भनेर चाहेको प्रचण्डले बताए । ‘उच्चस्तरिय राजनीतिक समितिका बैठक...