समाचार

असई लामिछानेविरुद्ध विशेष अदालतमा मुद्दा

२०७० पुष २३ गते ८:११

काठमाण्डु, २३ पुस – महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक अन्जु लामिछाने विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । बढुवा प्रयोजन र लाभ तथा सुविधा लिने उद्देश्यले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी भ्रष्टाचारजन्य कसुर गरेकोले लामिछानेविरुद्ध आरोपत्र...

७९ वर्षको उमेरमा नागरिकता

२०७० पुष २३ गते ८:०५

जाजरकोट, २३ पुस – जाजरकोट नायकवाडा गाउँ विकास समिति वडा नं ३ का ७९ वर्षीय मैदन बोहराले मंगलबार नागरिकता पाएका छन् । उनले छोरा देवराज बोहराको पहलमा ७९ वर्षको उमेरमा नागरिकता पाएका हुन् । बुढ्यौली उमेरले लथ्रक्क थला परेका बहोरा यो अवस्थामा नागकिता पाएपछि...

जाडोले कैदी बन्दीको बिजोग

२०७० पुष २३ गते ८:००

बर्दिवास, २३ पुस – जलेश्वरस्थित महोत्तरी कारागारमा बढ्दो जाडोले कैदी थुनुवाको बिजोग भएको छ । खचाखच भरिएको कारागारमा बस्ने, खाने र  सुत्ने ठाउँको अभावसँगै लुगासमेत नहुँदा मुटु कमाउने जाडोमा कैदी थुनुवाको बिजोग भएको हो । जम्मा १३५ जना कैदी थुनुवा राख्ने क्षमताको कारागारमा अहिले...

आफैँले गोली हानी आक्रमणको नाटक गर्ने पक्राउ

२०७० पुष २३ गते ६:५३

सुर्खेत, २३ पुस – आफूले आफैँलाई गोली हानी आपराधिक समूहको आक्रमणमा परेको नाटक गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी हातहतियार तथा खरखजना ऐनअनुसार मुद्दा चलाएको छ । आफ्नै पाखुरामा पेस्तोलले गोली हानेर आक्रमणको नाटक गर्ने लाटिकोइली–९ बस्ने भुपेन्द्र विसीलाई प्रहरीले पक्राउ गरेको हो । उनले...

चिसोले कठ्याङ्ग्रिएर एकको मृत्यु

२०७० पुष २३ गते ६:३७

पर्सा, २३ पुस – पर्साको मधुवन मथवल गाविसमा जाडोले कठ्याङ्ग्रिएर मंगलबार एकजनाको ज्यान गएको छ । मधुवन मथवल गाविस–४ का सुखन माझीको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । सो गाविसअन्तर्गत पर्ने कोइलाभार साझेदारी वनबाट काठ दाउरा ल्याउन...

भक्तपुरमा बस जुध्दा ३० यात्रु घाइते

२०७० पुष २३ गते ६:०९

भक्तपुर, २३ पुस–भक्तपुरमा मंगलबार विहान दुईवटा यात्रु बस ठोक्किदा ३० जना यात्रु घाइते भएका छन् । बा २ ख ६८१० र ना २ ख १५६७ नम्बरका बस भक्तपुरको पलासेमा ठोक्किएका हुन् । प्रहरी र स्थानीयबासीले घाइतेहरुको उद्धार गरेका छन् । घाइतेहरुलाई उपचारको जिल्ला अस्पतालमा...

श्रीमतीले मारिन् श्रीमानलाई

२०७० पुष २३ गते ४:१५

धरान, २३ पुस–सुनसरीको धरानमा एक महिलाले आफ्नो श्रीमानको हत्या गरेकी छन् । धरान नगरपालिका १९ की गंगा विकले खाना पकाउने भाँडाले हानेर श्रीमान दिलकुमारको हत्या गरेकी हुन् । घरायसी विवादमा गंगाले दिलकुमारको हत्या गरेको अनुमान छ । प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।...

प्याब्सनसँगको वार्ता विफल

२०७० पुष २३ गते ४:०२

चितवन, २३ पुस– नेपाल संस्थागत विद्यालय शिक्षक यूनियन ( नेपाल ईष्टु) चितवन र प्याव्सन चितवनबीच भएको वार्ता विना निश्कर्ष टुङ्गिएको छ । सोमबार साँझ अवेर भएको वार्तामा प्याव्सनले शुल्क निर्धारण नगरेसम्म तत्काल ईष्टुले उठाएका मागहरु सम्बोधन गर्न नसकिने अडान लिएपछि वार्ता निश्कर्षमा पुग्न नसकेको...

कोटेश्वरमा आगलागी, झण्डै ८० लाख क्षति

२०७० पुष २३ गते २:२४

काठमाण्डु, २३ पुस– काठमाण्डुको कोटेश्वरस्थित तरकारी बजारमा मंगलबार विहान आगलागी हुँदा ८० लाख रुपैयाँ बराबरको धनमान जलेर नष्ट भएको छ । केदार ढकालको घरबाट आगो सुरु भएको थियो । आगोबाट औषधी पसल, कपडा पसल, जुत्ताचप्पल पसल र कस्मेटिक पसलमा क्षति पुगेको छ । ढकालको...

जनताले बनाइदिए ४८ लाखको प्रहरी चौकी

२०७० पुष २३ गते २:२१

नेपालगन्ज, २३ पुस–बाँकेको शम्शेरगन्ज र हवल्दारपुर गाविसका जनताले आर्थिक सङ्कलन र श्रमदान गरी बनाएको अस्थायी प्रहरी चौकीको भवन जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका छन् । शम्शेरगन्ज गाविस–७ मा निर्माण गरिएको चार कोठाको प्रहरी चौकी भवनको कुल खर्च तीन कठ्ठा जग्गासहित ४८ लाख रुपैयाँ छ...

अञ्चल अस्पतालमा अख्तियारको छापा

२०७० पुष २३ गते २:१८

धनगढी, २३ पुस–सेती अञ्चल अस्पताल धनगढीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयले छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख शिवराज कोइराला नेतृत्वको टोलीले अञ्चल अस्पतालमा भएको अनियमितताका विषयमा परेको लिखित उजुरीका आधारमा सोमबार छापा मारी कागजपत्र नियन्त्रणमा लिएको हो ।...

डडेल्धुरामा खाद्य सुरक्षा आयोजना

२०७० पुष २३ गते २:१२

डडेल्धुरा, २३ पुस–खाद्य संकटको उच्च जोखिममा रहेका डडेल्धुराका १० गाविसमा खाद्य सुरक्षा कार्यक्रम लागू गरिएको छ । संकटग्रस्त क्षेत्रमा खाद्य सुरक्षा प्रवद्र्धनका लागि जिल्ला कृषि विकास कार्यालय, पशुसेवा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयमार्फत कृषि विकास मन्त्रालयले कृषि तथा खाद्य सुरक्षा आयोजना सुरु गरेको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us