
काठमाण्डु, २३ पुस – महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक अन्जु लामिछाने विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
बढुवा प्रयोजन र लाभ तथा सुविधा लिने उद्देश्यले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी भ्रष्टाचारजन्य कसुर गरेकोले लामिछानेविरुद्ध आरोपत्र दायर गरेको अख्तियारले जनाएको छ ।
लामिछानेले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषदबाट एसएलसी उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारको ठहर छ ।
अख्तियारले लामिछानेलाई भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिम दण्ड सजाय हुन माग दावी गरेको छ ।