प्याब्सनसँगको वार्ता विफल

काठमाण्डु टुडे २०७० पुष २३ गते ४:०२ मा प्रकाशित

चितवन, २३ पुस– नेपाल संस्थागत विद्यालय शिक्षक यूनियन ( नेपाल ईष्टु) चितवन र प्याव्सन चितवनबीच भएको वार्ता विना निश्कर्ष टुङ्गिएको छ । सोमबार साँझ अवेर भएको वार्तामा प्याव्सनले शुल्क निर्धारण नगरेसम्म तत्काल ईष्टुले उठाएका मागहरु सम्बोधन गर्न नसकिने अडान लिएपछि वार्ता निश्कर्षमा पुग्न नसकेको ईष्टुका सहसचिव सागर अधिकारीले जानकारी दिए ।

वार्ता असफल नेपाल ईष्टु चितवनले आन्दोलनलाई थप कडा बनाउने तयारी गरेको छ । पटकपटक माग पुरा गराउन आग्रह गरे पनि सुनुवाई नभएकोले आन्दोलनको विकल्प नभएको सहसचिव अधिकारीको भनाइ छ । अब सचिवालयको बैठकले आन्दोलनको स्वरुप तय गर्ने उनले जानकारी दिए ।

१८ प्रतिशत तलवबृद्धि सहित एकहजार मंहगीभत्ता उपलव्ध गराउनुपर्ने लगाएतका माग  राख्दै ईष्टु चितवन विगत केहि महिनादेखि आन्दोलनरत छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us