
काठमाण्डु, २३ पुस– काठमाण्डुको कोटेश्वरस्थित तरकारी बजारमा मंगलबार विहान आगलागी हुँदा ८० लाख रुपैयाँ बराबरको धनमान जलेर नष्ट भएको छ । केदार ढकालको घरबाट आगो सुरु भएको थियो । आगोबाट औषधी पसल, कपडा पसल, जुत्ताचप्पल पसल र कस्मेटिक पसलमा क्षति पुगेको छ ।
ढकालको घरसँगै रहेका चार वटा पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
विहान सवा तीन बजे आगो लागेको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा १५ मिनेटमै आगो निभाएको थियो ।
आगलागीको कारण भने खुलेको छैन ।