
जाजरकोट, २३ पुस – जाजरकोट नायकवाडा गाउँ विकास समिति वडा नं ३ का ७९ वर्षीय मैदन बोहराले मंगलबार नागरिकता पाएका छन् । उनले छोरा देवराज बोहराको पहलमा ७९ वर्षको उमेरमा नागरिकता पाएका हुन् ।
बुढ्यौली उमेरले लथ्रक्क थला परेका बहोरा यो अवस्थामा नागकिता पाएपछि खुसी भएका छन् ।
सामान्य खेती किसानी गरेर गुजारा चलाउँदै आएको बोहरा परिवार जिल्ला प्रशासनबाट नागरिकता पाएपछि अब आफ्ना बाबु पनि नेपाली नागरिकता भएकामा खुसी भएका छन् ।
छोरा देवराज बोहराले एसएलसीको मार्कसिटको आधारमा पहिले नै नागरिकता बनाएका थिए । सोही नागरिकताको आधारमा बाबालाई आज बुढ्यौली उमेरमा आएर नागरिकता बनाइदिएको उनले बताए ।