
धरान, २३ पुस–सुनसरीको धरानमा एक महिलाले आफ्नो श्रीमानको हत्या गरेकी छन् । धरान नगरपालिका १९ की गंगा विकले खाना पकाउने भाँडाले हानेर श्रीमान दिलकुमारको हत्या गरेकी हुन् ।
घरायसी विवादमा गंगाले दिलकुमारको हत्या गरेको अनुमान छ । प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।
गाँजा सहित एक पक्राउ
यसैबीच सिराहाबाट गाँजा सहित एक व्यक्तिलाई प्रहरीले पक्रेको छ । सिराहाको धनगढी ९ बाट विष्णुपुरकट्टी ६ का राम जुलुम सदायलाई प्रहरीले ३० किलो गाँजा सहित पक्रेको हो । अन्य दुईजना भने फरार रहेको र खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।
यसैगरी पर्साको बीरगन्जबाट मकवानपुरको हेटौडा नगरपालिका ११ का राधाकृष्ण पराजुली लागु औषधसहित पक्राउ परेका छन् ।