
वीरगन्ज, २४ पुस – बहुविवाहको आरोपमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डु इन्द्रचोक निवासी राहुल रौनियारलाई सुराकीका आधारमा वीरगन्ज उपमानगरपालिका– ६ रेशमकोठीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वीरगन्ज उपमहानगरपालिका– ५ की लक्ष्मीदेवी रौनियारले पति राहुल रौैनियारले बहुविवाह गरेको भनी जिल्ला अदालत पर्सामा दायर गरेको मुद्दामा फरार रौनियारलाई प्रहरीले पक्राउ गरेको हो ।
रौनियारलाई बुधबार जिल्ला अदालत पर्सा समक्ष पेस गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।