
वीरगन्ज, २४ पुस – चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले केही दिनयता पर्साको ठोरी र निर्मलवस्ती गाविसमा आतंक मच्चाउँदै आएको छ ।
निकुञ्जबाट आएको हात्तीले ती गाविसमा लगाइएको बालीनाली नष्ट पार्नुका साथै सर्वसाधारणको घर भत्काउन थालेपछि स्थानीवासी चिन्तित भएका छन् । हात्तीको डरले उनीहरु राति जाग्राम बस्न थालेका छन् ।
आगो बालेर टिन ठटाउँदा र पटका पड्काउ“दा हात्ती पुनः निकुञ्जतर्फ फर्किने गरेको स्थानीयवासी बताउँछन् ।
उक्त हात्तीलाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराबाट हात्ती विशेषज्ञ डा चक्रबहादुर खड्काको नेतृत्वमा आठ सदस्यीय टोली ठोरीमा आएर बसेको छ ।
हात्तीलाई हेर्ने बित्तिकै जङ्गलतर्फ भाग्ने गरेकाले नियन्त्रणमा लिन नसकिएको टोली प्रमुख डा खड्काले बताए ।