
काठमाण्डु, २४ पुस – नेपाल पत्रकार महासंघले नागरिक दैनिकका प्रधानसम्पादक प्रतीक प्रधानमाथि मंगलबार साँझ अज्ञात समूहले आक्रमण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बानेश्वरको भीमसेनगोलामार्गमा प्रधान चढेको बा ५ च ३९५९ नम्बरको कारमा तीन÷चारवटा मोटरसाइकलमा आएका व्यक्तिले तरबार, रड र लाठीले आक्रमण गरेका थिए ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई चुनौती दिने यस्ता अराजक आक्रमणको भत्र्सना गर्दै महासंघले घटनामा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
यसैगरी मानव अधिकार तथा शान्ति समाज र नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)ले पनि छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी प्रधानसम्पादक प्रधानमाथि भएको सांघातिक आक्रामणको निन्दा गर्दै उक्त घटनामा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकारहरुको सुरक्षाको मामलामा संवेदनशील बन्न सरकारसँग आग्रह गरेका छन् । रासस