
काठमाण्डु, २४ पुस– बुधबारदेखि शुक्रअस्त भएको छ । नेपाल पन्चाङ्ग निर्णायक समितिका अनुसार विहान १० बजेर २९ मिनेटमा शुक्रअस्त भएको हो ।
शुक्रअस्त भएकोबेला कुनै पनि देवकार्य गर्दा फल प्राप्त नहुने धार्मिक विश्वास छ । शुक्रअस्तको बेला विवाह, व्रतबन्ध, सप्ताह आदि जुराएर वा हेराएर गर्ने खालका देवकार्य गर्नु शुभ नमानिदैन । देवताका गुरु वृहस्पति र दैत्यका गुरु शुक्र अस्ताएका बेला कुनै धार्मिक कार्य गर्न नहुने नेपाल पन्चाङ्ग निर्णायक समितिका सदस्य सूर्य ढुङ्गेलले जानकारी दिए । ‘फलदाता नै अनुपस्थित भएकोबेला गरिएको देव कार्यबाट कुनै फाइदा हुदैन’ उनले भने ।
शुक्रको उदय आउँदो मंगलबार विहान ११ बजेर ४१ मिनेटमा हुनेछ । शुक्रको उदयपछि भने माङ्गलिक वा देवकार्य गर्न सकिने छ ।