बस दुर्घटनामा १० जना घाइते, ४ गम्भीर

काठमाण्डु टुडे २०७० पुष २४ गते ५:४३ मा प्रकाशित

दमक, २४ पुस–झापाको लखनपुरमा बुधबार विहान यात्रु बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख ६८४४ नम्बरको बस गेउरिया खोला पुल नजिकै दुर्घटना भएको हो । गम्भीर घाइते दुईजनाको न्यूरो अस्पताल विराटनगरमा र २ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ । अन्य सामान्य घाइतेको भने लाईफ लाइन अस्पताल दमकमा उपचार भैरहेको छ ।

दुर्घटनापछि बस चालक फरार रहेकोले खोजीकार्य भैरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us