काठमाण्डू, १४ फागुन– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । म्याग्दीको नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकबाट करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेर दुर्घटना...
काठमाण्डू, १४ फागुन– यस बर्षको महाशिवरात्रिका अवसरमा काठमाण्डूको पशुपतिनाथ मन्दिरमा भक्तजनको व्यापक भीड लागेको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो । दुई बजेदेखि नै बढेको भिड अहिले झन् बढ्दै गएको पशुपति क्षेत्र विकास कोषका...
काठमाण्डू, १४ फागुन– सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक यहीँ फागुन १८ गते आइतबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको एमाले उच्चस्रोतले जानकारी दिएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले सचिवालय बैठकका एजेन्डा तय गर्न फागुन १७ गते...
काठमाण्डू, १४ फागुन– महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर मानिने डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुल्ला गरी पूजा र दर्शनको व्यवस्था गरीएको छ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज...
काठमाण्डू, १४ फागुन– स्याङ्जामा पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । गएराति स्याङ्जाको गल्याङ नगरपालिका–११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने भ्यान चालक २६ वर्षीय मित्रलाल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना...
काठमाण्डू, १४ फागुन- एयर ट्राफिकका कारण बुधबार काठमाण्डू विमानस्थको हवाई सेवा प्रभावित भएको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सैनिक हेलिकोप्टरले आकाशबाट पुष्प वृष्टि गर्ने भएपछि धेरै आन्तरिक र अन्तर्राष्ट्रिय उडान होल्ड भएका थिए । काठमाण्डू विमानस्थलबाट...
काठमाण्डू, १४ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप फाइनल खेल हेर्न जाने भएका छन । साँझ ६ बजे नेपाल र म्यानमारबीच हुने फाइनल खेल हेर्न उनी दशरथ रंगशाला जाने तालिका रहेको प्रधानमन्त्रीको सचिवालय...
विराटनगर, १४ फागुन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ ‘सिफ्ट’ भएको बताएका छन् । पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कोशी प्रदेशको प्रथम बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै बुधबार उनले यस्तो...
काठमाण्डू, १४ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी २०६४ कै अवस्थामा फर्किने दाबी गरेका छन् । आज (बुधबार) विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्लो समय झापा र मोरङ धेरैपटक आउँदा ०६४ कै झल्को देख्ने गरेको बताएका हुन ,...
काठमाण्डू, १४ फागुन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले माओवादीसँगको सहकार्यले ठूला दल बनेको दाबी गरेका छन् । हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियानका लिसिलामा विराटनगर पुगेका प्रचण्डले बुधबार पत्रकारहरुसँग कुरा गर्दै आफूहरुले काँग्रेस र एमालेलाई ठूलो दल बनाएको बताए...
काठमाण्डू, १४ फागुन – प्रधानमन्त्री केपी ओलीले महाशिवरात्रि पर्वको शुभकामना दिएका छन् । ओलीले बुधबार सामाजिक सञ्जालमार्फत शिवरात्रीको शुभकामना दिए । ओलीले मंगलबार आफूले पशुपतिनाथ दर्शन गरेको भिडियो फेसबुकमा पोस्ट गरेका छन् । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ...
काठमाण्डू, १४ फागुन- राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूका लागि गौरवको विषय भएको बताएका छन् । महाशिवारत्रि पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै...