समाचार

मोटरसाइकल ठक्करबाट घाइते वृद्धको उपचारको क्रममा मृत्यु

२०८१ फागुन १५ गते १४:२६

काठमाण्डू, १५ फागुन– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ सल्लाघारी नजिक मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका पैदलयात्री ६१ वर्षीय कमलबहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । रामनगरबाट...

माओवादीले पार्टीको नाम फेरेको भोलिपल्ट एकता हुन्छः महेन्द्र राय यादव

२०८१ फागुन १५ गते १४:२१

काठमाण्डू, १५ फागुन– नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले माओवादी केन्द्रले पार्टीको नाम फेरिको भोलिपल्ट एकता गर्ने बताएका छन । माओवादीले सुरु गरेको जनतासँग माओवादी अभियानमा जोडिएका यादवले आज बिहिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन । उनले यसअघिकै सहमति अनुसार पार्टीको नाम...

काठमाण्डूको तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा एक जनाको मृत्यु

२०८१ फागुन १५ गते १४:१७

काठमाण्डू, १५ फागुन– काठमाण्डूको तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको लेले घर भएकी २२ वर्षीया रिता नेवार रहेकी छन । उपचारको क्रममा बुधबार राति केएमसी अस्पताल सिनामंगलमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ...

कञ्चनपुरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

२०८१ फागुन १५ गते १३:५३

काठमाण्डू, १५ फागुन– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका–१८ की २१ वर्षीया निर्मला बोहरारहेकी प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार...

पौने ४ किलो सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

२०८१ फागुन १५ गते १२:४८

काठमाण्डू, १५ फागुन– प्रहरीले पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । उनीहरु विदेशी नागरिकहरु हुन् । फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । अध्यागमनको...

सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको छः प्रधानमन्त्री ओली

२०८१ फागुन १५ गते १२:४१

काठमाण्डू, १५ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको दुरुपयोग भइरहेको बताएका छन । आज बिहिबार काठमाण्डूमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले डिटिजल युगमा अपराधीह यसको सहायताबाट अपराध गर्न उद्दत भइरहेको...

सबैभन्दा धनी दल एमाले, अरु सबै दल घाटामा

२०८१ फागुन १५ गते १२:२२

काठमाण्डू, १५ फागुन– संसदको दोस्रो ठूलो दल नेकपा एमाले आम्दानी र बचतको हिसाबमा सबैभन्दा धनी पार्टी बनेको छ । नेकपा एमालेले गत आर्थिक वर्ष (२०८०र८१) मा १४ करोड ७९ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ । उसले ७ करोड ८५ लाख ३८...

रारास्थित एमाले नेता बमको होटलमा आगलागी

२०८१ फागुन १५ गते ९:४४

रारा, १५ फागुन- रारा राष्ट्रिय निकुञ्जभित्र रहेको एक होटलमा आगलागी भएको छ । छायानाथ रारा नगरपालिका(९ रारा तालनजिकै रहेको डाँफे होटलमा गएराति १ बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ । उक्त होटल एमाले नेता एवं पूर्वसांसद गोपाल बमको हो । बम ०७४ को...

हमासले इजरायललाई बुझायो चार बन्धकको शव

२०८१ फागुन १५ गते ९:३५

एजेन्सी- प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलाई थप चार बन्धकको शव हस्तान्तरण गरेको छ । हमासले अन्तर्राष्ट्रिय रेड क्रसमार्फत बिहीबार बिहान इयरायललाई ती शव हस्तान्तरण गरेको हो । चारवटै शव पुरूषका भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि पनि हमासले गत साता चार जनाको शव...

मोटरसाइकल दुर्घटनामा तुलसीपुर उपमहानगरपालिकाका कर्मचारीको मृत्यु

२०८१ फागुन १५ गते ८:३१

दाङ, १५ फागुन- तुलसीपुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रा४प ४४१० नम्बरको मोटरसाइकल बुधबार सवा ७ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका ८ चमीखोलामा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राना मगरले दुर्घटनामा मोटरसाइकल पछाडि सवार...

खगराज भट्टलाई सुदूरपश्चिमको दल नेता बनाउन प्रचण्डको निर्देशन

२०८१ फागुन १५ गते ८:००

काठमाण्डू, १५ फागुन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खजराज भट्टलाई सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता बनाउन निर्देशन दिएका छन् । सुदूरपश्चिमका नेता र प्रदेश सांसदहरुसँग आफ्नै निवास खुमलटारमा बुधबार भएको छलफलमा उनले भट्टलाई दल नेता बनाउने पार्टी निर्णय कार्यान्वयन गर्न निर्देशन दिए...

आज र भोलि वर्षा र हिमपातको सम्भावना

२०८१ फागुन १५ गते ७:२९

काठमाण्डू, १५ फागुन- पश्चिमी वायूको आंशिक प्रभावका कारण आज र भोलि देशका अधिकांश स्थानमा वर्षात हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us