माओवादीले पार्टीको नाम फेरेको भोलिपल्ट एकता हुन्छः महेन्द्र राय यादव

काठमाण्डु टुडे २०८१ फागुन १५ गते १४:२१ मा प्रकाशित

काठमाण्डू, १५ फागुन– नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले माओवादी केन्द्रले पार्टीको नाम फेरिको भोलिपल्ट एकता गर्ने बताएका छन ।

माओवादीले सुरु गरेको जनतासँग माओवादी अभियानमा जोडिएका यादवले आज बिहिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन ।

उनले यसअघिकै सहमति अनुसार पार्टीको नाम फेरेर एकता गर्ने बताएका हुन् । माओवादीले आगामी महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गर्ने कुरा भएको यादवले जानकारी दिएका छन ।

यसअघि सहमति हुँदा कम्युनिष्ट पार्टी समाजवादी बनाउने कुरा भए पनि अहिले अरु कम्युनिस्टहरु बीच पनि एकता हुने सम्भावना भएकोले अन्य नाममा पनि सहमति हुनसक्ने उनले बताए ।

बाबुराम भट्टराईबाट छुट्टिएर बनेको नेसपा र माओवादीबीच यसअघि नै एकताको सहमति भइसकेको छ । अध्यक्ष यादव माओवादीकै चिह्नबाट चुनाव जितेका सांसदसमेत हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us