कञ्चनपुरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन १५ गते १३:५३ मा प्रकाशित

काठमाण्डू, १५ फागुन– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका–१८ की २१ वर्षीया निर्मला बोहरारहेकी प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म–१प ४६५८ नम्बरको मोटरसाइकलाई ठक्कर दिंदा मोटरसाइकलको पछाडि सवार भीमदत्त बोहराको मृत्यु भएको हो ।

मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट सामान्य घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ ।

घाइते विष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us