हमासले इजरायललाई बुझायो चार बन्धकको शव

काठमाण्डु टुडे २०८१ फागुन १५ गते ९:३५ मा प्रकाशित

एजेन्सी- प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलाई थप चार बन्धकको शव हस्तान्तरण गरेको छ ।

हमासले अन्तर्राष्ट्रिय रेड क्रसमार्फत बिहीबार बिहान इयरायललाई ती शव हस्तान्तरण गरेको हो । चारवटै शव पुरूषका भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि पनि हमासले गत साता चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको थियो । यस्तै त्यसको बदलामा इजरायलले ६ सय २० प्यालेस्टिनी कैदी रिहा गरेको छ ।

जसमध्ये १ सय ५१ जना आजीवन काराबास सुनाइएकाहरु रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us