पौने ४ किलो सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन १५ गते १२:४८ मा प्रकाशित

काठमाण्डू, १५ फागुन– प्रहरीले पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । उनीहरु विदेशी नागरिकहरु हुन् ।

फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । अध्यागमनको जाँचपास गरेर बाहिर आइसकेपछि उनीहरु पक्राउ परेका हुन् ।

अध्यागमनको जाँचपास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका उनीहरुलाई शंका लागेर जाँच गर्दा सुन बरामद भएको हो । विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरुमाथि अनसुन्धान भइरहेको जानकारी दिएका छन ।

पक्राउ परेकाहरु उज्बेकिस्तानका हुन् । उनीहरुको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ । तुर्सुनोभ बाहेक अरु सबै महिला हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us