धादिङ, १४ फागुन -धादिङमा बुधबार ट्याङ्कर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाप्र०१९००४क३३५२ नम्बरको पानी ट्याङकर गल्छी गाउँपालिका९३ मा दुर्घटना भएको हो । दुर्घटनामा परी गुजुरीका जयराम चेपाङ र १८ वर्षीय प्रशान्त चेपाङको मृत्यु भएको छ । आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर...
विराटनगर, १४ फागुन- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारको गठन भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले भएको आरोप लगाएका छन् । हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियानका क्रममा विराटनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले आफूनिकटका भ्रष्टाचारीको संरक्षण गर्न केपी ओली नेतृत्वमा वर्तमान सरकार...
काठमाण्डू, १३ फागुन- अचेत अवस्थामा भेटिएका बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव ३६ वर्षीय रवि थापाको मृत्यु भएको छ । धादिङको धुनिबेशी नगरपालिका ८ का थापा काठमाण्डू महानगरपालिका १४ कलंकीका शिव कुँवरको घरमा सोमबार अचेत अवस्थामा फेला परेका थिए ।...
मोरङ, १३ फागुन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सत्तारुढ दलहरु जनताको अधिकार थप गर्नुको साटो भएको अधिकार पनि कटौती गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत मोरङको धनपालथान गाउँपालिकामा मंगलबार आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले...
काठमाण्डू, १३ फागुन- प्रधानमन्त्री केपी ओलीले मंगलबार साँझ महाशिवरात्री पर्व २०८१ को पूर्वसन्ध्यामा पावन पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन् । पत्नी राधिकाका साथ पशुपति पुगेका ओलीले ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै शिवरात्री पर्व व्यवस्थापन तयारीबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग...
काठमाण्डू, १३ फागुन- प्रधानमन्त्री केपी ओलीले आफू यसअघि तीन वर्ष प्रधानमन्त्री भएका बेला मुलुकमा असाधारण परिवर्तन भएको दाबी गरेका छन् । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा ओलीले आफ्नो उक्त कार्यकालमा देशमा विकासको लहर आएको दाबी गरे । त्यसपछि बनेका सरकारले काम नगर्दा विकासमा सुस्तता...
काठमाण्डू, १३ फागुन– प्रहरीले गोरखाबाट १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पकाउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका– ८ घर भएका ३५ वर्षीय कमलबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीले जानकारी दिएका छन...
काठमाण्डू, १३ फागुन– सत्ता घटक दल नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति विषवमन गर्ने कोशिस गरेको आरोप लगाएका छन् । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद गैरेले यस्तो बताएका हुन । एमाले सांसद गैरेले...
काठमाण्डू, १३ फागुन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकास वर्तमान सरकारको प्रमुख उद्देश्य भएको बताएका छन । आज (मंगलबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा भएका प्रगतिलाई स्वीकार्नुपर्ने भन्दै अझै धेरै काम गर्न बाँकी रहेको पनि...
काठमाण्डू, १३ फागुन– यस बर्षको महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढेको छ । यस बर्ष एक दशकयताकै सर्वाधिक भक्तजन आउने अपेक्षा गरीएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्न...
काठमाण्डू, १३ फागुन– अब बाढी, पहिरो जस्ता मनसुनजन्य घटनामा परी बेपत्ता भएका परिवारले मृतकसरह राहत पाउने भएका छन । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई यस्तो राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा...
काठमाण्डू, १३ फागुन– सामाजिक सञ्जालमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली संलग्न हुने कार्यक्रममा विरोध गर्ने भन्दै प्रचार गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाण्डूको जोरपाटीमा रहेको नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले मंगलबार रजत जयन्ती समारोह मनाउँदै छ । सोही...