काठमाण्डू, १३ फागुन- प्रधानमन्त्री केपी ओलीले आफू यसअघि तीन वर्ष प्रधानमन्त्री भएका बेला मुलुकमा असाधारण परिवर्तन भएको दाबी गरेका छन् ।
राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा ओलीले आफ्नो उक्त कार्यकालमा देशमा विकासको लहर आएको दाबी गरे । त्यसपछि बनेका सरकारले काम नगर्दा विकासमा सुस्तता आएको उनको भनाइ थियो ।
देशमा केही पनि भएको छैन भन्ने मान्न आफू तयार नभएको ओलीले उल्लेख गरे । ओलीले आफू सरकारबाट हटेपछि रोकिएका विकासका काम अघि बढाउन काँग्रेस र एमाले मिलेको जिकिर ओलीको छ ।
फरक प्रसंगमा उनले आफू नेपाली बालबालिका मुस्कुराएको हेर्न चाहेको बताए ।