प्रधानमन्त्रीको कार्यक्रममा विरोध गर्ने आशयको स्टाटस लेख्ने चारजना प्रहरी नियन्त्रणमा

काठमाण्डु टुडे २०८१ फागुन १३ गते १६:०३ मा प्रकाशित

काठमाण्डू, १३ फागुन– सामाजिक सञ्जालमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली संलग्न हुने कार्यक्रममा विरोध गर्ने भन्दै प्रचार गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाण्डूको जोरपाटीमा रहेको नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले मंगलबार रजत जयन्ती समारोह मनाउँदै छ । सोही कार्यक्रममा प्रधानमन्त्री ओली सम्बोधन गर्न पुगेका छन्।

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीको विरोध गर्ने भन्दै सामाजिक सञ्जालमा सूचना लेखेका चारजना व्यक्तिलाई काठमाण्डू प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएकामा किरण केसी, राजु सुनुवार, राजेश दाहाल र मोहन सिंह रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us