काठमाण्डू, १४ फागुन – प्रधानमन्त्री केपी ओलीले महाशिवरात्रि पर्वको शुभकामना दिएका छन् ।
ओलीले बुधबार सामाजिक सञ्जालमार्फत शिवरात्रीको शुभकामना दिए । ओलीले मंगलबार आफूले पशुपतिनाथ दर्शन गरेको भिडियो फेसबुकमा पोस्ट गरेका छन् ।
महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ ।