अध्यादेश अघि नबढेपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाण्डु टुडे २०८१ फागुन १४ गते १४:११ मा प्रकाशित

काठमाण्डू, १४ फागुन– सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक यहीँ फागुन १८ गते आइतबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको एमाले उच्चस्रोतले जानकारी दिएको छ ।

एमाले केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले सचिवालय बैठकका एजेन्डा तय गर्न फागुन १७ गते शनिबार केन्द्रीय कार्यालय बैठक बस्नेछ ।

केन्द्रीय कार्यालयमा महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरु रहने गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र परेको अवस्थामा एमालेले बैठक बोलाएको हो ।

पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भुमिलगायत विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो ।

ती अध्यादेश संसदमा दर्ता भएपनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेश हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us