काठमाण्डू, १४ फागुन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले माओवादीसँगको सहकार्यले ठूला दल बनेको दाबी गरेका छन् ।
हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियानका लिसिलामा विराटनगर पुगेका प्रचण्डले बुधबार पत्रकारहरुसँग कुरा गर्दै आफूहरुले काँग्रेस र एमालेलाई ठूलो दल बनाएको बताए ।
यद्यपि उनीहरुसँगको सहकार्यबाट आफूहरुलाई फाइदाभन्दा बेफाइदा बढी भएको तर्क उनको थियो । ‘काँग्रेस र एमालेलाई समय ठूलो पार्टी बनाउन सहयोग गरेको माओवादीले हो । देशको आवश्यकता अनुसार समझदारीबाट जाऔं भन्ने जिम्मेवारी बोधका कारणले हामीले उनीहरुलाई ठूलो बनाएको हो’ प्रचण्डले भने, ‘उनीहरु आफैं ठूलो भएका होइनन् । जब हामीले छौड्यौं उनीहरु ठूलो हुन पनि छोडे ।’
पछिल्लोपटक भएको उपनिर्वचन परिणामले नै आफूहरुको साथले मात्र काँग्रेस एमाले ठूलो दल भएको पुष्टि हुने जिकिर उनको थियोे ।