काठमाण्डूको आकाश सैनिक होलिकोप्टरले ढाक्दा रोकिए दर्जनौं उडान

काठमाण्डु टुडे २०८१ फागुन १४ गते १२:२२ मा प्रकाशित

काठमाण्डू, १४ फागुन- एयर ट्राफिकका कारण बुधबार काठमाण्डू विमानस्थको हवाई सेवा प्रभावित भएको छ ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा  सैनिक हेलिकोप्टरले आकाशबाट पुष्प वृष्टि गर्ने भएपछि धेरै आन्तरिक र अन्तर्राष्ट्रिय उडान होल्ड भएका थिए ।

काठमाण्डू विमानस्थलबाट देशका विभिन्न स्थानमा हुने उडान रोकिँदा सयौं यात्रु अलपत्र परेका छन् ।

विराटनगर, भरतपुर, पोखरा, गौतमबुद्ध, नेपालगञ्ज र धनगढी विमानस्थलमा पनि यात्रुले घण्टौं पर्खिनुपरेको छ । सेना दिवसको कार्यक्रम सकिएकाले अब क्रमशः रोकिएका उडानहरु सुचारु हुने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us