समाचार

महेश बस्नेतबाट प्रभावित भएर एमाले भएँ: दुगड

२०७१ असोज १२ गते १२:०५

काठमाण्डु, १२ असोज– नेपालको स्थापित औद्योगिक घराना दुगड ग्रुपका प्रमुख मोती दुगड नेतृत्वको नवनेपाल निर्माण पार्टी नेकपा एमालेमा बिलय भएको छ । दुगडसहित सो पार्टीमा रहेका करिब दुई दर्जन उद्योगी–व्यवसायी एमाले मुख्यालय बल्खुमा कार्यक्रम गरी पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले अध्यक्ष केपी...

चाडपर्वको अवसरमा नेपाल टेलिकमको छुट सुविधा

२०७१ असोज १२ गते ११:४४

काठमाण्डु, १२ असोज – नेपाल टेलिकमले चाडपर्वको अवसरमा विभिन्न सेवामा छुट दिएको छ। टेलिकमले जिएसएम र सिडिएमए सेवामा कम्पनीभित्रको नेटवर्कमा एसएमएस गर्दा ५० प्रतिशत छुट दिएको छ भने जिएसएम सिडिएमए प्रिपेड तथा पोष्ट मोबाइल सेवामा १० प्रतिशत छुट दिएको छ। छुट सुविधा सोमबारदेखि लागू हुनेछ...

प्रचण्ड नेतृत्वको गणतान्त्रिक मोर्चा र जनजाति मोर्चाको सहकार्य

२०७१ असोज १२ गते ९:४४

काठमाण्डु, १२ असोज –एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाले साना जनजाति पार्टीहरुको मोर्चा ‘पहिचानमा आधारित संघीय गठवन्धन’सँग मिलेर संविधान निर्माणमा दबाब दिने भएको छ । दुबै मोर्चामा आवद्ध दलहरुको आइतबार बसेको बैठकले काँगेस – एमालले सहमतिमा नआएर प्रक्रियाको नाममा बहुमतले...

कक्षा १२ को नतिजा सार्वजनिक , ३९ प्रतिशत उत्तिर्ण

२०७१ असोज १२ गते ८:२३

काठमाण्डु, १२ असोज – उच्चमाध्यमिक शिक्षा परिषदले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परिषदले आइतबार विज्ञान संकाय बाहेकको नतिजा प्रकाशित गरेको हो । विज्ञान संकायको नतिजा भने यसअघि नै प्रकाशित भइसकेको छ । परीक्षामा नियमिततर्फ ३९ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् ।...

संविधानसभा र संवाद समितिले सिन्काे भाँचेकाे छैन : यादव

२०७१ असोज १२ गते ८:०५

काठमाण्डु, १२ असोज – मधेसी जनाअधिकार फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले संविधानका विवादित विषयहरुमा संविधानसभा र संबैधानिक राजनीतिक संवाद समितिले कुनै काम नगरेको दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आइतवार गरेको साक्षात्कारमा उनले पुरानै संविधानसभाका विषयहरुलाई सहमति भयो भनेर प्रचार गर्ने गरेको भन्दै...

ज्ञानेन्द्रले दसैंको टीका नलगाउने

२०७१ असोज १२ गते ७:३०

काठमाण्डु, १२ असोज– पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिको दसैंमा सर्वसाधारण र आफ्ना समर्थकलाई टीका नलगाउने भएका छन् । मुलुकबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएपछि पनि ज्ञानेन्द्रले हरेक दसैंमा सर्वसाधारण र शुभेच्कुकलाई टीका लगाइदिने गरेका थिए । चिकित्सकले आराम गर्न सल्लाह दिएकाले ज्ञानेन्द्रले दसैंमा टीका...

एन्फा अध्यक्ष थापाकाे भ्रष्टाचार प्रकरण छानबिन गर्न लेखा समितिको निर्देशन

२०७१ असोज १२ गते ६:५९

काठमाण्डु, १२ असोज– सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापाविरुद्धको भ्रष्टाचार प्रकरण छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समितिको आइतबार बिहान बसेको बैठकले थापालाई संघको कामबाट अलग गर्दै छानबिन गर्न निर्देशन दिएको सभापति जनार्दन शर्माले जानकारी दिए...

आज विश्व मुटुरोग दिवस

२०७१ असोज १२ गते ५:१०

काठमाण्डु, १२ असोज, विश्व मुटुरोग दिवस आज नेपालमा पनि विविध जनचेतनामुलक कार्यक्रम गरेर मनाइँदै छ । दिवसको यो वर्षको नारा कठिन होइन स्वस्थ मुटुको उपाय रोजौँ’ भन्ने तय गरिएको छ । दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित स्वास्थ्यका क्षेत्रका क्रियाशिल संघसंस्थाले राजधानीसहित देशैभर विविध...

मोदीले गरे विश्व समुदायसामु नेपालको प्रशंसा

२०७१ असोज १२ गते ४:५६

काठमाण्डु, १२ असोज– भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले विश्व समुदायसामु नेपालको खुलेर प्रशंसा गरेका छन् । संयुक्त राष्ट्रसंघीय महासभालाई गएराति सम्बोधन गर्दै मोदीले नेपालले अपनाएको शान्ति र लोकतन्त्रको मोडेल विश्वकै लागि अनुकरणीय रहेको बताए । नेपाल युद्धबाट शान्ति र लोकतन्त्रको बाटोमा अघि बढ्नु दक्षिण एशिया...

प्रधानमन्त्री आज बेल्जियम जाने

२०७१ असोज १२ गते ४:२४

काठमाण्डु, १२ असोज– राष्ट्रसंघीय महासभामा सहभागी हुने क्रममा अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइराला आज बेल्जियम जाँदैछन् । कोइराला आज साँझ न्यूयोर्कबाट बेल्जियम जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  बेल्जियम प्रस्थान गर्नुअघि कोइरालाले त्यहाँ रहेका नेपालीसँग न्यूयोर्कमा अन्तरक्रिया गर्नेछन् । अमेरिकाबासी नेपालीले कोइरालाको...

कोइराला र मोदीबीच न्यूयोर्कमा भेटवार्ता

२०७१ असोज १२ गते ३:१२

काठमाण्डु, १२ असोज– राष्ट्रसंघीय महासभामा सहभागी हुने क्रममा अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । मोदी बस्दै आएको न्यूयोर्क प्यालेस होटलमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, सार्क शिखर सम्मेलनको तयारी तथा भारतीय लगानीमा नेपालमा सञ्चालित विकास आयोजनाका बारेमा...

आफ्नै साथीको अपरहणमा परेका मेनपावर व्यवसायीको हत्या

२०७१ असोज १२ गते २:५४

नवलपरासी, १२ असोज–आफ्नै साथीको अपहरणमा परेका भैरहवाका मेनपावर सञ्चालक आकाश गुरुङको फिरौती तिर्न नसकेका कारण १५ दिनपछि नवलपरासीमा विभत्स हत्या भएको छ । शनिवार दिउँसो उनको शव बर्दघाट नगरपालिका–१० स्थित सामुदायिक वनमा फेला परेको हो । अपहरणकारीले गुरुङसँग एक करोड नगद रुपैयाँ माग गरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us