काठमाण्डु, १२ असोज– सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापाविरुद्धको भ्रष्टाचार प्रकरण छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
समितिको आइतबार बिहान बसेको बैठकले थापालाई संघको कामबाट अलग गर्दै छानबिन गर्न निर्देशन दिएको सभापति जनार्दन शर्माले जानकारी दिए । थापाविरुद्ध आर्थिक अनियमितता, खेलाडीमाथि विभेद र कानुन मिचेको आरोप छ ।
समिति सभापति शर्माले थापालाई एन्फा अध्यक्षको हैसियतले काम गर्न लगाउन पनि निर्देशन दिएको जानकारी दिए । समितिले एन्फाको दैनिक कार्यसञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्नसमेत निर्देशन दिएको छ ।
थापा राप्रपा नेपालको सिफारिसमा मन्त्रिपरिषदद्वारा मनोनीत सभासद् हुन् ।