मोदीले गरे विश्व समुदायसामु नेपालको प्रशंसा

काठमाण्डु टुडे २०७१ असोज १२ गते ४:५६ मा प्रकाशित

काठमाण्डु, १२ असोज– भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले विश्व समुदायसामु नेपालको खुलेर प्रशंसा गरेका छन् ।
modiसंयुक्त राष्ट्रसंघीय महासभालाई गएराति सम्बोधन गर्दै मोदीले नेपालले अपनाएको शान्ति र लोकतन्त्रको मोडेल विश्वकै लागि अनुकरणीय रहेको बताए ।

नेपाल युद्धबाट शान्ति र लोकतन्त्रको बाटोमा अघि बढ्नु दक्षिण एशिया र विश्वकै लागि सुदख भएको उनको भनाइ थियो । उनले युद्धबाट बुद्धको बाटोमा हिंडिरहेको नेपालबाट बाँकी विश्वले सिक्न सके विश्व शान्तिको अभियानले सफलता पाउने उल्लेख गरे ।

‘युद्धबाट बुद्धको बाटोमा हिंडिरहेको नेपालबाट बाँकी विश्वले सिक्नुपर्छ’, मोदीले भने, ‘ नेपालले अपनाएको शान्ति र लोकतन्त्रको मोडेल विश्वकै लागि अनुकरणीय छ, यो खास गरी दक्षिण एसिया र विश्वकै लागि खुसीको कुरा हो ।’

उनले भारतको भविष्यसमेत नेपालसहित छिमेकी मुलुकसँग जोडिएको बताए । आफ्नो सरकारले छिमेकीसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us