कोइराला र मोदीबीच न्यूयोर्कमा भेटवार्ता

काठमाण्डु टुडे २०७१ असोज १२ गते ३:१२ मा प्रकाशित

काठमाण्डु, १२ असोज– राष्ट्रसंघीय महासभामा सहभागी हुने क्रममा अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको modi-sushilछ ।
मोदी बस्दै आएको न्यूयोर्क प्यालेस होटलमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, सार्क शिखर सम्मेलनको तयारी तथा भारतीय लगानीमा नेपालमा सञ्चालित विकास आयोजनाका बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए । मोदीले गत साउनमा गरेको नेपाल भ्रमणपछि द्विपक्षीय सम्बन्धमा नयाँपन आएको जानकारी कोइरालाले गराएका थिए ।

मोदी भ्रमणका बेला व्यक्त प्रतिबद्धताअनुसार दुई देशबीच विद्युत व्यापार सम्झौता र माथिल्लो कर्णाली आयोजना पिडीए भएको स्मरण कोइरालाले मोदीलाई गराएका थिए । उनले संविधान निर्माणमा केही बिलम्ब भएजस्तो देखिए पनि संविधानसभामा रहेका सबै दल तोकिएकै समयमा संविधान जारी गर्न प्रतिबद्ध रहेको बताए ।

मोदीले सार्क शिखर सम्मेलनमा सहभागी हुने नेपाल आएका बेला जनकपुर र लुम्बिनी भ्रमणको इच्छा पूरा हुने विश्वास व्यक्त गरेका थिए । उनले नेपालको शान्ति, र संविधान निर्माण प्रक्रियाका साथै विकास र स्थायित्वमा सक्यदो सहयोग गर्न भारत तयार रहेको प्रतिबद्धतासमेत दोहोर्‍याएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us