आफ्नै साथीको अपरहणमा परेका मेनपावर व्यवसायीको हत्या

काठमाण्डु टुडे २०७१ असोज १२ गते २:५४ मा प्रकाशित

नवलपरासी, १२ असोज–आफ्नै साथीको अपहरणमा परेका भैरहवाका मेनपावर सञ्चालक आकाश गुरुङको फिरौती तिर्न नसकेका कारण १५ दिनपछि नवलपरासीमा विभत्स हत्या भएको छ ।
शनिवार दिउँसो उनको शव बर्दघाट नगरपालिका–१० स्थित सामुदायिक वनमा फेला परेको हो । अपहरणकारीले गुरुङसँग एक करोड नगद रुपैयाँ माग गरेका थिए । त्यति रकम नपाएको १५ दिनपछि उनको शब जंगलमा भेटिएको हो ।

नचिनिने अवस्थाको शवका बारेमा जंगलमा काम गर्न गएका स्थानीयले प्रहरीमा जानकारी गराएका थिए ।
उनले लगाएको पहिरनका आधारमा मृतकको पहिचान खुलेको अनुसन्धानमा खटिएका डिएसपी हेमकुमार थापाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us