ज्ञानेन्द्रले दसैंको टीका नलगाउने

काठमाण्डु टुडे २०७१ असोज १२ गते ७:३० मा प्रकाशित

ganendraकाठमाण्डु, १२ असोज– पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिको दसैंमा सर्वसाधारण र आफ्ना समर्थकलाई टीका नलगाउने भएका छन् ।

मुलुकबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएपछि पनि ज्ञानेन्द्रले हरेक दसैंमा सर्वसाधारण र शुभेच्कुकलाई टीका लगाइदिने गरेका थिए ।

चिकित्सकले आराम गर्न सल्लाह दिएकाले ज्ञानेन्द्रले दसैंमा टीका नलगाइदिने उनका नीजि सचिव फणिराज पाठकले बताए । उनलाई बढी भिडभाड र हल्लाखल्लाबाट टाढै रहन चिकित्सकले सुझाएका छन् ।
केही दिनअघि हृदयघात भएका ज्ञानेन्द्र उपचारपछि नागार्जुनमा आराम गरिरहेका छन् । पाठकका अनुसार ज्ञानेन्द्रयो यो दसैंमा शक्तिपीठहरुको दर्शनसमेत गर्ने छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us