काठमाण्डु, १२ असोज –एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाले साना जनजाति पार्टीहरुको मोर्चा ‘पहिचानमा आधारित संघीय गठवन्धन’सँग मिलेर संविधान निर्माणमा दबाब दिने भएको छ ।
दुबै मोर्चामा आवद्ध दलहरुको आइतबार बसेको बैठकले काँगेस – एमालले सहमतिमा नआएर प्रक्रियाको नाममा बहुमतले मिचेर संविधान जारी गर्न खोजे अस्वीकार गर्ने निर्णय समेत गरेको छ ।
माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकमा संघीय गणतान्त्रिक मोर्चामा आवद्ध सात पार्टी र पहिचानमा आधारित संघीय गठवन्धनमा आवद्ध ९ दलका नेताहरुको सहभागिता थियो ।
बैठकले पहिचान र संघीयताको मुद्दामा संयुक्त रुपमा अघि बढ्ने सहमति गरेको छ । साथै कांग्रेस र एमालेले पहिचान पक्षधरहलाई पेलेर अघि बढ्न खोजेको भन्दै सडक आन्दोलनमा जोड दिएको छ । ‘प्रक्रियामा जाने नाममा बहुमतले पेल्ने खाजिए मान्य हुँदैन’ सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले भने (‘हामी सडकमा जानुपर्छ भन्नेमा एकमत भएको छ ।’
बैठकले संघर्षका कार्यक्रम दुई मोर्चाको सचिवालयलाई दिइएको पासाङले जानकारी दिए ।