समाचार

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरुको बैठक बस्दै

२०८३ जेठ १८ गते १२:२०

काठमाण्डू, १८ जेठ– प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मध्याह्न १२ बजे बैठक बस्दै छ । प्रतिपक्षमा रहेका दलहरूको सर्वदलीय बैठक बस्न लागेको कांग्रेसका सचेतक निश्कल राईले जानकारी दिएका...

ओलीको अभिव्यक्ति संसदीय रेकर्डबाट हटेको थियो, बालेनको के हुन्छ ?

२०८३ जेठ १८ गते १२:०६

काठमाण्डू, १८ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग उठीरहेको छ । खासगरी संसदमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको तहबाट तथ्यहीन विषय आएको भनेर रेकर्डबाट हटाउन माग गरेका छन् । हिजो (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विप्लवको आपत्ति, माफी माग्नुपर्ने माग

२०८३ जेठ १८ गते ९:०७

काठमाडौं- नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले कडा आपत्ति जनाएका छन् । प्रधानमन्त्रीले संसदमा नेपाल–भारत सीमा विवादका सन्दर्भमा ‘भारतले पनि मिचेको छ, नेपालले पनि मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै विप्लवले त्यसलाई...

रवि लामिछाने दिल्ली जाँदै

२०८३ जेठ १८ गते ७:३६

काठमाण्डु, १९ जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन् । भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनको निमन्त्रणमा सभापति लामिछाने भारत जान लागेका हुन् । लामिछाने अपराह्न १ बजे दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।...

‘नेपालले भारतीय भूमि मिचेको छ’ भन्ने बालेनको अभिव्यक्ति साहसिक र स्वागतयोग्य: मुनी

२०८३ जेठ १७ गते २३:१८

काठमाडौं- भारतीय विश्लेषक तथा पूर्वकूटनीतिज्ञ एसडी मुनीले नेपाल–भारत सीमा समस्याबारे प्रधानमन्त्री बालेन्द्र शाहले व्यक्त गरेको धारणालाई साहसिक कदमको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया जनाउँदै मुनीले सीमा समस्याको यथार्थलाई स्वीकार गर्ने प्रयास भएको भन्दै शाहलाई बधाई दिएका हुन् । उनले सुस्ता क्षेत्रको...

सभामुख डोलप्रसाद रास्वपाको गोठालो: सूर्य थापा

२०८३ जेठ १७ गते २२:५८

काठमाण्डु, १७ जेठ- एमाले नेता सूर्य थापाले सभामुख डोलप्रसाद अर्यालले संसद् सञ्चालनका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गोठालोको भूमिका खेलेको आरोप लगाएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत थापाले सभामुख अर्यालले कुटाई भेट्नै खोजेको र अब छिट्टै भेट्ने सम्भावना देखिएको लेखेका छन्...

संसदमा विपक्षीको नाराबाजीः राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे !

२०८३ जेठ १७ गते २२:४९

काठमाण्डु, १७ जेठ- विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा मागेर नाराबाजी गरेका छन् । आइतबार राति अबेरसम्म चलेको बैठकमा विपक्षीले वेल घेराउ गरी प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । त्यसअघि बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा भारतले मात्र...

सांसद् कानूनभन्दा माथि हुने गरी नियावली पारित, विपक्षीद्वारा संसदमा लफडा

२०८३ जेठ १७ गते २२:२६

काठमाण्डु, १७ जेठ- प्रतिनिधिसभाको बैठकमा तनाब उत्पन्न भएको छ । सभामुख डिपी अर्यालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वार्थमा विवादित प्रावधानसहितको संसद् नियमावली पारित गराउन खोजेपछि विपक्षी दलका सांसदले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । प्रतिनिधिसभा नियमावलीमा रहेका विवादित प्रावधान हटाउनुपर्ने विपक्षीको...

बालेनको अभिव्यक्तिप्रति घनश्यामको कठोर टिप्पणीः नालाकयहरुबाट लफंगाहरूमा राजपाठ सरेको समयमा हुने यस्तै हो

२०८३ जेठ १७ गते १९:४२

काठमाण्डू, १८ जेठ– नेकपा (संयुक्त) का कार्यबाहक अध्यक्ष घनश्याम भुसालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेपालले पनि भारतीय जमिन अतिक्रमण गरेको भन्दै अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाल कस्तो राजनीतिक समयमा छ भन्ने विषयको ज्वलन्त अर्थात दिगम्बरी उदाहरण भएको टिप्पणी...

बालेन्द्रको अभिव्यक्ति राष्ट्रघातीः नारायणकाजी

२०८३ जेठ १७ गते १९:३१

काठमाण्डू, १८ जेठ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि अतिक्रमण गरेको छ भन्ने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्ति राष्ट्रघाती भएको टिप्पणी गरेका छन् । आइतबार संसद् बैठकमा सांसदहरुका प्रश्नको जवाफमा शाहले भारतले मात्र नभई नेपालले...

बालेन्द्रले तत्काल पद छाड्नपर्छः भीम रावल

२०८३ जेठ १७ गते १९:२१

काठमाण्डू, १८ जेठ– नेपाली कम्युनष्टि पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाह (बलेन) ले पद छाड्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै रावलले बालेनले पदमा बस्ने नैतिक अधिकार गुमाएको बताए । आइतबार प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने...

वालेन्द्रविरुद्ध माइतीघरमा नाराः जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा

२०८३ जेठ १७ गते १८:२३

काठमाण्डू, १७ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विरुद्ध काठमाण्डूमा प्रदर्शन भएको छ । नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति संसदमै दिएपछि माइतीघरमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको प्रदर्शन गरेका हुन् । उनीहरुले जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा, देशद्रोही प्रधानमन्त्री मुर्दाबाद जस्ता नारा लागाएका छन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us